एउटा जिउँदो प्रेमपत्र लेख्नै परेपछि किन नलेखुँ तिम्रो साश्वत नाम र गुमनाम ठेगानामा – घाईते शब्दहरु । सुन्दरताको ऐश्वर्य लिएर मेरो छातिको फाँट भत्काएर तिमी बगिरहदा पनि जिर्ण किनाराको बैशाखी बनेर दिएकै हँु सहारा । बादलका सपना बोकेर उडिरहँदा पनि – उन्मुक्त आकाशमा तिमी बाटो देखाएकै हुँ – अजंग पहाड बनेर । आफैलाई काँडा बनाएर पनि थपिदिएकै हुँ कोमलताको उपमा तिमीलाई । म उहि र उस्तै चुपचाप, मौन र निरिह छु – चोकको सालिक झै । झारेर रहरका रँगिन फूलहरु धेरै प्रतिक्षाका बसन्तहरु यसै गुमाएको छु मैले । आज लेख्नै परेपछि किन छुटाउनु – तिमीले गुलाबको ओत लागेर विश्वासमा कर्द हानेर भागेको कुरा । दिएर सम्बन्धको प्रेमिलो बेलुन आफैले फुटाई दिएर हाँसेको कुरा । अचेल जिन्दगीको गमलामा टुसाएको ममता भाँचेर तिमीले रोपेकी छौ रे– ऐँजेरु । हरदम मुस्कुराउने ओठ जस्तो बेगम्बेली मासेर बनाएकी छौ रे – फलामको गेट । र पालेकी छौ रे – जापानी कुकुर । तिमीसम्म नपुग्ला यो मुटुको प्रतिलिपी । मेरो सानो दर्दको झरीले तिम्रो विशाल पृथ्वी नभिज्न सक्छ । तर लेख्नै परेपछि किन छुटाउनु – म जिउँदो रहेको सत्य र तिम्रो मृतक छुन्मुनाहट नियालिरहेको
Posts
- Get link
- Other Apps
विरुद्धमा... आउ प्रायश्चितको गुफाबाट बाहिर निस्क नाङगै निस्क र अन्तिम पटक हामी आफ्नै घाँटि रटौँ । हैन भने चुडाऔ यो दासताको दाम्लो आफ्नै घाँटिबाट । किनकी तिम्रो नाइके आगोको राँको बोकेर ग्याँस च्याम्बर तिर दौडिरहेको छ । सकिन्छ हामी आफ्नै खुट्टाहरुले हिडौँ - हाम्रै गन्तब्य तिर आफ्नै आँखाहरुले हेरौँ हामी आफ्नै भाषामा - आफ्नै शब्दहरुमा आफ्नै कुराहरु बौलौँ । हैन भने आउ यी खुट्टाहरु काटौँ हातहरु गेडौँ आँखा र मुखमा तेजाव हालेर लास भएर बाँचौँ कम्तिमा हामी मान्छे भएर मरौँ आउ हामी एकाइशौ शताब्दीका सबै भन्दा स्खलित मान्छे भएर आत्म दाह गरौँ । हैन भने किन उम्लिदैन तिम्रो खुन ? किन छैन उत्तेजना ? किन आउदैन आँसु ? भन, किन दुखिरहेको छैन तिमीलाई ? हामीले टेकिरहेको एक चिम्टी यो माटो हाम्रो हो फेरीरहेको यो मुठ्ठी श्वास हाम्रो हो देखीरहेको यो एक टुक्रा आकाश हाम्रै हो । र यो आवाज हाम्रै हो । हैन भने आउ कि हामीले घाँस खान्छौ भनौँ हैन भने अन्न खाऔ । @Nabin Abhilashi https://sahityapost.com/kabyapost/kabya-poe
- Get link
- Other Apps
शहर पसेको छोरो यसपाली पनि छोरो भन्दा पहिल्यै आइपुग्यो दशै ! रंग खोज्दै हिँडेको छोरो कुन इन्द्रेणी देख्यो होला शहरको यता आफ्नै सिउँदोमा पनि छैन रंग यसरी आँसुमा मुछेर अक्षता अब कसलाई लगाइदिनु ? केराको पात जस्तो भयो शरिर दशमीको जमरा जस्तै पँहेला भए हातखुट्टाहरु बन्द घरको अध्यारो कुनाबाट पुजेर निकालिएको जमराको मुठो जस्तो कुन दिन निकालिने हो यो पार्थिव शरिर तर यसपाली पनि छोरो भन्दा पहिल्यै आइपुग्यो दशै ! पिढी त टालेँ हजार पटक तर पीडाले भत्केको मन टाल्न धेरै धेरै नै गाह्रो रैछ । घरको छानो हाल्ने छनक देखाएर छोरो हिँडेको छायाँ मात्र छ आँखामा यीनै आँखाबाट चुहिएको छ हजार पटक आँसु हजार पटक रोएको छ छानो थाहा छैन कुन दिन छानोसंगै खस्छ प्राणको चंगा च्वाट्ट चुँडिएर । चुराको लयमा बुहारीले छ्यापेर कमेरो कम्मर छेक्ने धोतीको सप्को जस्तो प्रत्येक वर्ष रातो माटोले घर छेकेको हेर्ने रहर थियो । आँगनमा आफै उम्रिएका फूलहरुसंग उस्का सन्तानहरु हुर्किएको हेर्ने रहर थियो । तर यसपाली पनि छोरो भन्दा पहिल्यै आइपुग्यो दशै । पुज्नु पर्ने कर्द, कोदालो र फरुवा भाकेर कुल देवता कहिलेसम्म पालेर बस्नु रातो भाले र कहिलेसम्म प
- Get link
- Other Apps
बलियो मानिस त्यो प्राचीन दरबारको गुप्त कोठाभित्र मस्त निदाइरहेको छ, – संसारकै बलियो मानिस । कृपया, उसलाई उठाइदेऊ । करोडौं निर्धाहरुको औंठाछाप बोकेर दरबार पसेको मानिस हो ऊ उठाइदेऊ र हेर्न लगाऊ झ्यालबाट केही खबरहरु छन् उसको लागि । जंगली आगो खरानी बेच्दै पसेको छ वस्तीहरुमा, चराहरुको गीत खोसेको छ, सिमानामा भत्किएर पर्खालहरु, अपरिचित बन्दूकहरु हाम्रै बारीमा बुख्याँचा झैं उभिरहेछन् । हुरी चलिरहेछ एकनाश र छानाबाट खरका औछाहरु निकालिरहेछ, पहिरो लडिरहेछ बारीमा र रित्तो भकारीबाट मुस्काइरहेछ भोकमरी झाङ भित्र जाँङ च्यातिएका छोरीहरु भेटिन्छन् । तर गाउँमा भेटिंदैनन् मलामीहरु । हजार फूलहरुले उनेको माला लगाएर दरबार पसेको मानिस हो ऊ कृपया, उसलाई उठाइदेऊ । मन्दिरबाट टुँडालहरु हराए, पानीसँगै बगेर गए गाउँबाट छोराहरु रगतले रंगिएको स्तूप मुन्तिर भेटिए दर्जनौं मानिसहरुको चिहान कसरी चिन्नु कंकाल हेरेर बेपत्ता छोराहरुको अनुहाररु गाउँमा फालो गाड्ने माटो रहेन आँसुपसिनाले आँत भिजाउने गरीबहरुको धर्म रहेन । किनकि गाउँमा अञ्जान मानिसहरु देशको नक्शा बोकेर हिंड्छन् । हाम्रा सन्तानलाई शहीद बनाएर दरबार पसेको मानिस हो
- Get link
- Other Apps
लामो प्रतिक्षापछि... त्यही पुरानो कुर्सीमा छोडेर फर्किएको छु – एक अंगालो फूल एक दिन जरुर उठाउनेछौ प्रेमले । सन्नाटाहरु बोकेर फर्किएको छु – आफ्नै भुगोल कुनै दिन भाँचेको थिँए तिम्रो लागि सम्भावनाकाफूलहरु, अचेल भाँचिएको डाँठमुन्तिरटुसाईरहेछमुना। हिडेँपनि एउटा बाटो नभुल्नु रहेछ अनेक यात्राहरु – चाहिने रहेछ । संसारमा एउटै छ भनेर नदी किनारै किनार लागेको थिएँ तिम्रो पछि, तर दोभानमा पुगेर अचानकतिमी अर्को नदीको अंगालोमा हरायौ म अलमलिएँ – प्रतिक्षाको लामावर्षहरु सम्म काँडाको ओछ्यान जस्तो प्रत्येक पल र खै कसरी बाँचे – एउटा डरलाग्दो अनकन्टार समय । एक दिन महसुस हुनेछ तिमीलाई कर्कलाको शित जस्तो समय लिग छोडेको रेल जस्तो सम्बन्ध र पुरानो धर्मग्रन्थ जस्तो मेरा यादहरुको अध्याय । @NABIN ABHILASHI https://nepalaaja.com/2018/5/20185128380
- Get link
- Other Apps
एउटा रुख यहि हावामा निसास्सिएर ब्ल्याक होल तिर भागिरहे जस्तो छु म – यो समय जलेर खाग भएको मनको टुक्रा छ हातमा ओठबाट फुस्किन बाँकि कारुणीक चित्कार छ र खुट्टामा लपेटिएको उहि पुरानो बाटो छ । तर आँखाहरुबाट पुछिएको छैन तिम्रो तस्वीरको स्केच । अर्धकट्टि जस्तो सम्बन्ध र बाढिले कटान गरेको खेत जस्तो अनुहार लिएर म उभिएको छु तिमीले झुण्डिएकै रुख अगाडी । वर्षौ देखि चुपचाप छ यो रुख युद्धमा खुट्टा गुमाएको घाईते सिपाही झै सपनाहरुको बैशाखी लिएर उभिरहे जस्तो यो रुख रातभर रुन्छ की खै प्रत्येक विहान पातहरुमा आँसुहरु टल्किरहेको देख्छु । @NABIN ABHILASHI https://nepalaaja.com/2018/5/20185128380
- Get link
- Other Apps
सान्त्वना कुन ढुंगा होला जो ढुंगासंग नठोकिएको । तिमीसंग पनि छ पहाड र रगताम्मे औलाहरु मौन तर थर्थराइरहेका ओठ र तलाउ भित्र छन्भयग्रस्त एक जोर आँखा सबै अक्षर नकाटिएर कहाँ बन्छ अर्थपुर्ण बाक्य ? सधै नचोईटिएर – कहाँ उदाउन पाउँछ चन्द्रमा ? र कुन किनार होला नदीको जो भेलहरुले नभत्किएको । सबै आफन्त हुँदैनन साथमा भएकाहरु साथमा नभएकाहरु सबै पराई हुँदैनन् । झर्छु भनेर नफूलेको फूल जस्तो हाँसिदिनु जुनको दागसंग निभ्नु अघिको दियो झै तेजस्वी बनिदिनु र बगेर जाने पानीले धोईदिनु आँसुहरु । किनकी कुन फलाम होला आगोमा नखारिएको ? कुन नदि होला – निर्जन ठाउँमा नहराएको र अग्ला छाँगाबाट नखसेको ? कुन ढुंगा होला जो ढुंगासंग नठोकिएको ? @NABIN ABHILASHI https://nepalaaja.com/2018/5/20185128380