विरुद्धमा...


आउ

प्रायश्चितको गुफाबाट बाहिर निस्क

नाङगै निस्क

र अन्तिम पटक हामी आफ्नै घाँटि रटौँ ।

 

हैन भने चुडाऔ

यो दासताको दाम्लो आफ्नै घाँटिबाट ।

 

किनकी तिम्रो नाइके

आगोको राँको बोकेर

ग्याँस च्याम्बर तिर दौडिरहेको छ ।

 

सकिन्छ

हामी आफ्नै खुट्टाहरुले हिडौँ - हाम्रै गन्तब्य तिर

आफ्नै आँखाहरुले हेरौँ

हामी आफ्नै भाषामा - आफ्नै शब्दहरुमा

आफ्नै कुराहरु बौलौँ ।

 

हैन भने आउ

यी खुट्टाहरु काटौँ

हातहरु गेडौँ

आँखा र मुखमा तेजाव हालेर

लास भएर बाँचौँ

कम्तिमा हामी मान्छे भएर मरौँ

 

आउ

हामी एकाइशौ शताब्दीका

सबै भन्दा स्खलित मान्छे भएर

आत्म दाह गरौँ ।

 

हैन भने किन उम्लिदैन तिम्रो खुन ?

किन छैन उत्तेजना ?

किन आउदैन आँसु ?

भन, किन दुखिरहेको छैन तिमीलाई ?

 

हामीले टेकिरहेको एक चिम्टी यो माटो हाम्रो हो

फेरीरहेको यो मुठ्ठी श्वास हाम्रो हो

देखीरहेको यो एक टुक्रा आकाश हाम्रै हो ।

र यो आवाज हाम्रै हो ।

 

हैन भने आउ

कि हामीले घाँस खान्छौ भनौँ

हैन भने अन्न खाऔ ।

@Nabin Abhilashi

https://sahityapost.com/kabyapost/kabya-poetry/38117/

Comments

Popular posts from this blog

कथा भन्ने कविताहरू