Posts

सागर यात्रा

Image
कोहलपुरको प्याराडाइज कटेजको एउटा खुला टेबलमा एक साँझ । वेटरले दुई कप कफी ल्याउनुअघि सागर गैरेले आफ्नो किताब थमाइदिए, ‘बलैगाउँदेखि बाकुसम्म’ । अघिल्लो वर्ष लकडाउनको जर्जरपूर्ण समयबाट निस्केर निबन्ध कृति ‘लकडाउन’ बजारमा छोडेका गैरेको यो नियात्रा दोस्रो किताब हो । कोलाहल नभएको तर साहित्यिक सक्रियता भएको कोहलपुरमा बसेर फुटकर लेखनमा रमाएरै गैरेले जीवनका मलिला केही दशक बिताए । ‘मैले हिम्मत नै गर्न सकिनँ नवीन सर ।’ कफीभन्दा मीठो आवाजमा गैरेले किताब प्रकाशन गर्न नसक्नुको कारण बताए, ‘कागजमा लेखेका रचना टाइप गर्न कसलाई भन्ने ? मलाई प्रकाशकले खोजेनन् मैले खोज्न ढिला गरेँ ।’ जब एन्ड्रोइड मोबाइल हात पर्यो, त्यसपछि सागर गैरेका किताब बजारमा देखिन थाले ।  बाह्र हजार वर्षअघिदेखि मानिसले आफ्ना भावना अभिव्यक्त गर्न कुनै न कुनै माध्यम खोजी गर्दै र प्रयोग गर्दै आएको छ । पाँच हजार वर्षको ध्वन्यात्मक लेखनको प्रयास र मेसोपोटामिया, ग्रीस, साइबेरियामा विकसित सभ्यताले विकास गरेको शब्दाक्षर हुँदै अहिलेको एक्काइसौँ शताब्दीको डिजिटल दुनियाँसम्म आइपुग्दा मानिसका संवेदनाहरू सहजै सञ्चार गर्ने सुविधामा हामी बाँचिरहेका

‘अग्‍नि’ : मेरो छुटेको इतिहास

Image
‘अग्‍नि’को अन्तिम पृष्ठ फर्काएपछि केही निमेष झण्डै स्तब्ध भएँ म । पौने तीन सय पेजको महाकाव्यमा बग्दै जाँदा भावनात्मक रूपमा उद्वेलिन हुनु अस्वाभाविक हैन । तर लामै समयदेखि वैचारिक रूपमै आन्दोलित युवालाई दिग्भ्रमित बनाइदिने यो महाकाव्यको शक्ति हो ।  आरनबाट झिकिएको रातो फलाममा बडेमानको घन बज्रिएपछिको उत्पन्‍न ध्वनिकम्पन जस्तो, म झङ्कृत भएँ । प्रश्नैप्रश्नको घना जंगलबाट उत्तरको विशाल मैदानमा निस्किए जस्तो, यस्तो कि उत्तरैउत्तरको चारकोशेबाट प्रश्नको अग्लो टाकुरामा उक्लिए जस्तो । काव्यको विराट् रूपलाई हृदयतः अनुभव गर्दा चकित भएँ । वर्तमानको खरानीमा उभिएर हेर्दा देखिने त्यो वैभवशाली भूत । र जर्जरपूर्ण विभेद र रगतैरगतको भूतकालीन पटाङ्गिनीमा उभिएर हेर्दा देखिने सौम्य, शान्त र सुभाषित वर्तमान समाज जस्तो यो ‘अग्‍नि’ महाकाव्य ।  ‘अग्‍नि’माथि (पाठकीय दृष्टिकोण) लेख्नुका मेरा दुई कारण रहे । पहिलो, यो महाकाव्य मेरो इतिहास हो । मैले बाँचेर आएको क्रन्दनपूर्ण चित्कारले भरिएको समयको चित्रण हो । र दोस्रो, महाकाव्य लेखन र बहसको यो शून्य प्रहरको एक बुलन्द आवाज हो ।  तर, यो समीक्षा होइन । माथिका दुई कारणबारे

कथा भन्ने कविताहरू

Image
गणितले भन्छ, बिन्दुको कुनै मान हुँदैन । लम्बाइ, चौडाइ, मोटाइ, उचाइ र गहिराइ केही नभएको सबैभन्दा सानो ज्यामितीय यो आकृतिलाई जीवन र जगतको समानान्तर हैसियतमा व्याख्या गर्दा यसको नापमा विराटताको अनुभव उल्लेख गर्न सकिन्छ । यो केही हो, नहुनु होइन । बिन्दुको मापन असम्भव छ, मात्र यसको एक स्थान छ । तर सत्य हो कि हरेक बिन्दुको पनि फैलावट छ । बिन्दु जस्तै वृत्तले निर्माण गरेको विराटताको पनि मापन सम्भव छैन । बिन्दुको खण्डीकरणमा प्राप्त अणु परमाणु हुँदै गहन शून्यताको मार्ग भेट्न सकिएला र वृत्तको अधिकतम् आवृतिले ब्रह्माण्डमाथि पनि अर्को भयानक ब्रह्माण्ड होला । बिन्दु र वृत्त प्रक्रिया हुन् । गणित र खगोलशास्त्रका मान्यता र स्वैरकल्पनाका उपज मात्र हैनन् यी शब्दले बोकेका मान्यताहरू मानव जगत्का सुखद दुखद सौन्दर्यका अंशहरू हुन् । त्यही सौन्दर्यको संग्रह हो पादुकाको यो कृति बिन्दुको वृत्त । यसको न्वारन र यो शीर्षक कविताको निर्माणबारे लेख्दा एउटा घटनाको कथा माग गर्छ यसले । त्यसको लागि पुग्नुपर्छ डोल्पा । विडम्बना कथा सत्य हो, एक कार्यालयमा कार्यरत यौनमा उदार एक महिला गर्भवती भएपछि गाउँगोरेटाहरू प्रकम्पित भ

खबर : यहाँ केहि छैन ।

Image
यहाँ केहि छैन । दु:ख छ । मसीले अक्षर भैसकेपछि नीवलाई नसम्झने चलन छ । भीडमा हाँसेर बेलुका एकान्त खोज्दै रुने चलन छ । यहाँ अरु केहि छैन आँसु छ । हातमा सीसाका टुक्राहरु छन् र भूइँमा रगतका थोपाहरु । भिजेका आँखामा स्मृतिको धमिलो छाँया छ । गलामा रुद्ध भएको एक हिक्का छ । यहाँ अरु केहि छैन, भर्खर गएको पहिरो छ । भर्खर चट्याङ्ग खसेर ओर्देको भुई जस्तो मन छ भर्खर ट्याटु खोपेर चर्चराईरहेको छाला जस्तो कब्जामा परेको काबुल जस्तो यो जिन्दगी छ । अरु केहि छैन
Image
एउटा जिउँदो प्रेमपत्र लेख्नै परेपछि किन नलेखुँ तिम्रो साश्वत नाम र गुमनाम ठेगानामा – घाईते शब्दहरु । सुन्दरताको ऐश्वर्य लिएर मेरो छातिको फाँट भत्काएर तिमी बगिरहदा पनि जिर्ण किनाराको बैशाखी बनेर दिएकै हँु सहारा । बादलका सपना बोकेर उडिरहँदा पनि – उन्मुक्त आकाशमा तिमी बाटो देखाएकै हुँ – अजंग पहाड बनेर । आफैलाई काँडा बनाएर पनि थपिदिएकै हुँ कोमलताको उपमा तिमीलाई । म उहि र उस्तै चुपचाप, मौन र निरिह छु – चोकको सालिक झै । झारेर रहरका रँगिन फूलहरु धेरै प्रतिक्षाका बसन्तहरु यसै गुमाएको छु मैले । आज लेख्नै परेपछि किन छुटाउनु – तिमीले गुलाबको ओत लागेर विश्वासमा कर्द हानेर भागेको कुरा । दिएर सम्बन्धको प्रेमिलो बेलुन आफैले फुटाई दिएर हाँसेको कुरा । अचेल जिन्दगीको गमलामा टुसाएको ममता भाँचेर तिमीले रोपेकी छौ रे– ऐँजेरु । हरदम मुस्कुराउने ओठ जस्तो बेगम्बेली मासेर बनाएकी छौ रे – फलामको गेट । र पालेकी छौ रे – जापानी कुकुर । तिमीसम्म नपुग्ला यो मुटुको प्रतिलिपी । मेरो सानो दर्दको झरीले तिम्रो विशाल पृथ्वी नभिज्न सक्छ । तर लेख्नै परेपछि किन छुटाउनु – म जिउँदो रहेको सत्य र तिम्रो मृतक छुन्मुनाहट नियालिरहेको
Image
  विरुद्धमा... आउ प्रायश्चितको गुफाबाट बाहिर निस्क नाङगै निस्क र अन्तिम पटक हामी आफ्नै घाँटि रटौँ ।   हैन भने चुडाऔ यो दासताको दाम्लो आफ्नै घाँटिबाट ।   किनकी तिम्रो नाइके आगोको राँको बोकेर ग्याँस च्याम्बर तिर दौडिरहेको छ ।   सकिन्छ हामी आफ्नै खुट्टाहरुले हिडौँ - हाम्रै गन्तब्य तिर आफ्नै आँखाहरुले हेरौँ हामी आफ्नै भाषामा - आफ्नै शब्दहरुमा आफ्नै कुराहरु बौलौँ ।   हैन भने आउ यी खुट्टाहरु काटौँ हातहरु गेडौँ आँखा र मुखमा तेजाव हालेर लास भएर बाँचौँ कम्तिमा हामी मान्छे भएर मरौँ   आउ हामी एकाइशौ शताब्दीका सबै भन्दा स्खलित मान्छे भएर आत्म दाह गरौँ ।   हैन भने किन उम्लिदैन तिम्रो खुन ? किन छैन उत्तेजना ? किन आउदैन आँसु ? भन, किन दुखिरहेको छैन तिमीलाई ?   हामीले टेकिरहेको एक चिम्टी यो माटो हाम्रो हो फेरीरहेको यो मुठ्ठी श्वास हाम्रो हो देखीरहेको यो एक टुक्रा आकाश हाम्रै हो । र यो आवाज हाम्रै हो ।   हैन भने आउ कि हामीले घाँस खान्छौ भनौँ हैन भने अन्न खाऔ । @Nabin Abhilashi https://sahityapost.com/kabyapost/kabya-poe
Image
शहर पसेको छोरो  यसपाली पनि छोरो भन्दा पहिल्यै आइपुग्यो दशै ! रंग खोज्दै हिँडेको छोरो कुन इन्द्रेणी देख्यो होला शहरको यता आफ्नै सिउँदोमा पनि छैन रंग यसरी आँसुमा मुछेर अक्षता अब कसलाई लगाइदिनु ? केराको पात जस्तो भयो शरिर दशमीको जमरा जस्तै पँहेला भए हातखुट्टाहरु बन्द घरको अध्यारो कुनाबाट पुजेर निकालिएको जमराको मुठो जस्तो कुन दिन निकालिने हो यो पार्थिव शरिर तर यसपाली पनि छोरो भन्दा पहिल्यै आइपुग्यो दशै ! पिढी त टालेँ हजार पटक तर पीडाले भत्केको मन टाल्न धेरै धेरै नै गाह्रो रैछ । घरको छानो हाल्ने छनक देखाएर छोरो हिँडेको छायाँ मात्र छ आँखामा यीनै आँखाबाट चुहिएको छ हजार पटक आँसु हजार पटक रोएको छ छानो थाहा छैन कुन दिन छानोसंगै खस्छ प्राणको चंगा च्वाट्ट चुँडिएर । चुराको लयमा बुहारीले छ्यापेर कमेरो कम्मर छेक्ने धोतीको सप्को जस्तो प्रत्येक वर्ष रातो माटोले घर छेकेको हेर्ने रहर थियो । आँगनमा आफै उम्रिएका फूलहरुसंग उस्का सन्तानहरु हुर्किएको हेर्ने रहर थियो । तर यसपाली पनि छोरो भन्दा पहिल्यै आइपुग्यो दशै । पुज्नु पर्ने कर्द, कोदालो र फरुवा भाकेर कुल देवता कहिलेसम्म पालेर बस्नु रातो भाले र कहिलेसम्म प