खबर : यहाँ केहि छैन ।



यहाँ केहि छैन ।
दु:ख छ ।
मसीले अक्षर भैसकेपछि
नीवलाई नसम्झने चलन छ ।
भीडमा हाँसेर
बेलुका एकान्त खोज्दै रुने चलन छ ।
यहाँ अरु केहि छैन
आँसु छ ।
हातमा सीसाका टुक्राहरु छन्
र भूइँमा रगतका थोपाहरु ।
भिजेका आँखामा
स्मृतिको धमिलो छाँया छ ।
गलामा रुद्ध भएको एक हिक्का छ ।
यहाँ अरु केहि छैन,
भर्खर गएको पहिरो छ ।
भर्खर चट्याङ्ग खसेर
ओर्देको भुई जस्तो मन छ
भर्खर ट्याटु खोपेर
चर्चराईरहेको छाला जस्तो
कब्जामा परेको काबुल जस्तो
यो जिन्दगी छ ।
अरु केहि छैन

Comments

Popular posts from this blog

कथा भन्ने कविताहरू