Posts

Showing posts from March, 2022

सागर यात्रा

Image
कोहलपुरको प्याराडाइज कटेजको एउटा खुला टेबलमा एक साँझ । वेटरले दुई कप कफी ल्याउनुअघि सागर गैरेले आफ्नो किताब थमाइदिए, ‘बलैगाउँदेखि बाकुसम्म’ । अघिल्लो वर्ष लकडाउनको जर्जरपूर्ण समयबाट निस्केर निबन्ध कृति ‘लकडाउन’ बजारमा छोडेका गैरेको यो नियात्रा दोस्रो किताब हो । कोलाहल नभएको तर साहित्यिक सक्रियता भएको कोहलपुरमा बसेर फुटकर लेखनमा रमाएरै गैरेले जीवनका मलिला केही दशक बिताए । ‘मैले हिम्मत नै गर्न सकिनँ नवीन सर ।’ कफीभन्दा मीठो आवाजमा गैरेले किताब प्रकाशन गर्न नसक्नुको कारण बताए, ‘कागजमा लेखेका रचना टाइप गर्न कसलाई भन्ने ? मलाई प्रकाशकले खोजेनन् मैले खोज्न ढिला गरेँ ।’ जब एन्ड्रोइड मोबाइल हात पर्यो, त्यसपछि सागर गैरेका किताब बजारमा देखिन थाले ।  बाह्र हजार वर्षअघिदेखि मानिसले आफ्ना भावना अभिव्यक्त गर्न कुनै न कुनै माध्यम खोजी गर्दै र प्रयोग गर्दै आएको छ । पाँच हजार वर्षको ध्वन्यात्मक लेखनको प्रयास र मेसोपोटामिया, ग्रीस, साइबेरियामा विकसित सभ्यताले विकास गरेको शब्दाक्षर हुँदै अहिलेको एक्काइसौँ शताब्दीको डिजिटल दुनियाँसम्म आइपुग्दा मानिसका संवेदनाहरू सहजै सञ्चार गर्ने सुविधामा हामी बाँचिरहेका

‘अग्‍नि’ : मेरो छुटेको इतिहास

Image
‘अग्‍नि’को अन्तिम पृष्ठ फर्काएपछि केही निमेष झण्डै स्तब्ध भएँ म । पौने तीन सय पेजको महाकाव्यमा बग्दै जाँदा भावनात्मक रूपमा उद्वेलिन हुनु अस्वाभाविक हैन । तर लामै समयदेखि वैचारिक रूपमै आन्दोलित युवालाई दिग्भ्रमित बनाइदिने यो महाकाव्यको शक्ति हो ।  आरनबाट झिकिएको रातो फलाममा बडेमानको घन बज्रिएपछिको उत्पन्‍न ध्वनिकम्पन जस्तो, म झङ्कृत भएँ । प्रश्नैप्रश्नको घना जंगलबाट उत्तरको विशाल मैदानमा निस्किए जस्तो, यस्तो कि उत्तरैउत्तरको चारकोशेबाट प्रश्नको अग्लो टाकुरामा उक्लिए जस्तो । काव्यको विराट् रूपलाई हृदयतः अनुभव गर्दा चकित भएँ । वर्तमानको खरानीमा उभिएर हेर्दा देखिने त्यो वैभवशाली भूत । र जर्जरपूर्ण विभेद र रगतैरगतको भूतकालीन पटाङ्गिनीमा उभिएर हेर्दा देखिने सौम्य, शान्त र सुभाषित वर्तमान समाज जस्तो यो ‘अग्‍नि’ महाकाव्य ।  ‘अग्‍नि’माथि (पाठकीय दृष्टिकोण) लेख्नुका मेरा दुई कारण रहे । पहिलो, यो महाकाव्य मेरो इतिहास हो । मैले बाँचेर आएको क्रन्दनपूर्ण चित्कारले भरिएको समयको चित्रण हो । र दोस्रो, महाकाव्य लेखन र बहसको यो शून्य प्रहरको एक बुलन्द आवाज हो ।  तर, यो समीक्षा होइन । माथिका दुई कारणबारे

कथा भन्ने कविताहरू

Image
गणितले भन्छ, बिन्दुको कुनै मान हुँदैन । लम्बाइ, चौडाइ, मोटाइ, उचाइ र गहिराइ केही नभएको सबैभन्दा सानो ज्यामितीय यो आकृतिलाई जीवन र जगतको समानान्तर हैसियतमा व्याख्या गर्दा यसको नापमा विराटताको अनुभव उल्लेख गर्न सकिन्छ । यो केही हो, नहुनु होइन । बिन्दुको मापन असम्भव छ, मात्र यसको एक स्थान छ । तर सत्य हो कि हरेक बिन्दुको पनि फैलावट छ । बिन्दु जस्तै वृत्तले निर्माण गरेको विराटताको पनि मापन सम्भव छैन । बिन्दुको खण्डीकरणमा प्राप्त अणु परमाणु हुँदै गहन शून्यताको मार्ग भेट्न सकिएला र वृत्तको अधिकतम् आवृतिले ब्रह्माण्डमाथि पनि अर्को भयानक ब्रह्माण्ड होला । बिन्दु र वृत्त प्रक्रिया हुन् । गणित र खगोलशास्त्रका मान्यता र स्वैरकल्पनाका उपज मात्र हैनन् यी शब्दले बोकेका मान्यताहरू मानव जगत्का सुखद दुखद सौन्दर्यका अंशहरू हुन् । त्यही सौन्दर्यको संग्रह हो पादुकाको यो कृति बिन्दुको वृत्त । यसको न्वारन र यो शीर्षक कविताको निर्माणबारे लेख्दा एउटा घटनाको कथा माग गर्छ यसले । त्यसको लागि पुग्नुपर्छ डोल्पा । विडम्बना कथा सत्य हो, एक कार्यालयमा कार्यरत यौनमा उदार एक महिला गर्भवती भएपछि गाउँगोरेटाहरू प्रकम्पित भ