Posts

Showing posts from June, 2022

नरेन्द्रजंग पिटरको कालो डायरी र कफीको कम्युनिष्ट स्वाद

Image
  नवीन अभिलाषी घारो र कात्रो बोकेर युद्धमा हाम फालेका नरेन्द्रजंग पिटर किन अझै जिउँदा छन्? यो अहिलेको सर्वाधिक महत्वको प्रश्न हो। तर यस्ता प्रश्नबाट प्रचण्डहरुलाई खतरा छैन। बाबुराम, बादल र वैद्यहरुलाई झन् हुने कुरै भएन।  पिटर यतिबेला वैचारिक मृत्युको कुरा गरिरहेका छन्। दोस्रो संविधानसभाको निर्वाचनपछि उत्पन्न राजनीतिक भुलभुलैयाले पिटरलाई जंग छुट्छ। संविधान निर्माणपछि आएको ज्वरो सेलाएको छैन पिटरलाई। त्यहि झोंकमा देश दुनिँयाभरको विचार–वेदना बोकेर बर्बराउँदै हिँड्छन्। पढे–लेखेको जस्तो मान्छे देख्ने वित्तिकै सुरु भैहाल्छन्, अहिले मोहन भागवतले १५ वर्षमै अखण्ड भारत बन्छ भनेर बोलेपछि पिटर भत्र आगो बलेको छ। विडम्बना! यस्ता इस्यू नेपाली राजनीतिमा बहसका विषय बन्दैनन्।  केहि समयअघि केपि ओलीका कारण पिटरको निद्रा हराम भयो। राम जन्मस्थल अयोध्यापुरी र दशरथ, मेसोपेटामिया र पांग्राको आविष्कार, शिव भगवान र फलामको त्रिशूल निर्माणका एक पछि अर्को ओलीको अभिव्यक्तिले पिटरलाई भाउन्न छुटिरह्यो।  इतिहास र पुरातत्व शास्त्रसँग कुनै साइनो र सम्बन्ध नै नजोडिएको विषय भन्दै पिटर केहि पत्रिका र टेलिभिजन अन्तर्वार्ताहरु

झण्डा : समाज विभाजनको अविच्छिन्न अभ्यास

Image
  नवीन अभिलाषी रणबहादुर शाहको एउटा भनाइ छ, ‘सक्छौ जागिर नखाउ, सक्दैनौ जागिर खाउ, तर झण्डामुनि बस, दरबार नपस।’ राजतन्त्रात्मक व्यवस्था मात्र होइन, राजाहरुको शालिक फुटाएर र तस्बिरहरु च्यातेर इतिहास निमिट्यान्न पारेका नेपालीले उनीहरुको भनाइ सुन्ने र मान्ने कुरै भएन। तर यो समय झण्डा समाएर, झण्डामुनि बसेर, झण्डा च्यातेर होस् या दिनदिनै परिवर्तन गरेर, दरबार पस्ने र जसरी हुन्छ, जागिर खाने होडबाजी चल्दै गरेको समय हो। अर्थात् निर्वाचनको समय।  ऋतुराज वसन्तको यो मौसममा फूल के फुलेको छ? घरका धुरीमा त्याेभन्दा बढी झण्डाहरु फुलेको देख्न सकिन्छ। बजार निस्कनुस्, ब्राण्डेड झण्डाहरुको रंगभित्र बजार नै लुप्त छ। झकिझकाउ छ। सडक किनाराका पोलदेखि रुखका हाँगाहरुमा झण्डा झुण्ड्याइएका छन्, अटो रिक्सादेखि टिप्पर र चिल्ला कारहरुले समेत झण्डाहरु बोकिरहेका छन्।  सामाजिक सञ्जालका भित्तादेखि टिकटकका भिडियोहरुमा झण्डाको बजार चलेको छ। मानिस त फगत निमित्त हो। अहिलेको मानिससँग एकसरो कपडा नहोला, तर एउटा झण्डा जरुर छ। झण्डा नभएको मानिस भेट्न गाह्रो छ। मानव सभ्यताको विकासक्रममा भर्खरै देखा परेको झण्डाले यस्तो साम्राज्य निर्